सन्दीप लामिछाने विमानस्थलबाट पक्राउ
काठमाडाैं | असोज २०, २०७९
काठमाडौं : बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । पीडित बालिकाले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएकाले उहाँलाई त्यहीँ लगिएको हो । लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने बताइएको छ ।
लामिछाने विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफुलाई लामिछानेले बलात्कार गरेको जाहेरी दर्ता गराउनु भएको थियो । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न नेपाल बाहिर जानुभएको थयो ।
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

